Posts

परिच्छेद – १४: विविध

परिच्छेद–१४ विविध १०७. पूर्वाधार विकास बैंक सम्बन्धी विशेष व्यवस्थाः (१) राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको स्थापना, सञ्चालन, नियमन, सुपरिवेक्षण, कारबाही, गाभ्ने गाभिने, प्राप्ति गर्ने वा खारेजीका सम्बन्धमा पूर्वाधार विकास बैंकको प्रकृति, परिमाण तथा लगानीलाई आधार मानी छुट्टै विशेष नीतिगत व्यवस्था गर्न वा निर्देशन दिन सक्नेछ । (२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पूर्वाधार विकास बैंकको संस्थापक वा शेयरधनीले लिने अधिकतम शेयर वा कुनै विदेशी बैंक, वित्तीय संस्था वा अन्य संगठित संस्थाले त्यस्तो बैंकको शेयर, डिबेञ्चर वा अन्य वित्तीय उपकरणमा लगानी गर्ने सीमा राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ । १०८. निक्षेपको सुरक्षण गराउनु पर्नेः इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले प्रचलित कानूनमा व्यवस्था भए बमोजिम वा राष्ट्र बैंकले तोकेको निक्षेप खातामा रहेको रकमको सुरक्षण गराउनु पर्नेछ । १०९. बै‌किङ्ग गोपनीयता कायम राख्नु पर्नेः (१) बैंक वा वित्तीय संस्था र ग्राहकबीचको सम्बन्ध तथा बैंक वा वित्तीय संस्थाको हिसाब किताब, लेखा, खाता, बही, लेजर, ...

परिच्छेद – १३ कारबाही, कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था

परिच्छेद–१३  कारबाही, कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था ९९. नियमनको कारबाही गर्न सक्नेः (१) यो ऐन वा राष्ट्र बैंक ऐन वा सो अन्तर्गत जारी गरिएको नियम, विनियम, निर्देशन वा आदेशको उल्लंघन गर्नेे बैंक वा वित्तीय संस्थालाई उल्लंघनको प्रकृति र गाम्भिर्य हेरी राष्ट्र बैंकले देहाय बमोजिमको कुनै एक वा एक भन्दा बढी कारबाही गर्न सक्नेछः– (क) सचेत गराउने वा लिखित चेतावनी दिने, (ख) सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने, (ग) यो ऐन वा राष्ट्र बैंक ऐन वा सो अन्तर्गत जारी गरिएको नियम, विनियम, निर्देशन वा आदेशको उल्लंघन नगर्न वा सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने, (घ) बैंक वा वित्तीय संस्थाले आफ्नो शेयरधनीलाई दिने लाभांशको वितरण वा बोनस शेयर जारी गर्न वा लाभांश वितरण वा बोनस शेयर जारी गर्ने कार्यमा प्रतिबन्ध लगाउने, (ङ) बैंक वा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जा वा निक्षेप स्वीकार गर्न वा कर्जा दिने कार्यमा सीमा तोक्ने वा प्रतिबन्ध लगाउने, (च)बैंक वा वित्तीय संस्थाको कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने । (...

परिच्छेद – १२: बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी

परिच्छेद–१२ बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी  ७८. बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको लागि अदालतमा निवेदन दिन सक्नेः  (१) राष्ट्र बैंकले यस परिच्छेद बमोजिम कुनै पनि बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको कारबाही सुरु गर्न अदालतमा निवेदन दिन सक्नेछ र त्यस्तो कारबाहीको निवेदनको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम कुनै बैंक वा वित्तीय संस्थाको खारेजीको कारबाही प्रारम्भ गर्न अदालत समक्ष पेश गरेको निवेदनसाथ राष्ट्र बैंकले देहायका कागजपत्र समेत संलग्न गर्नु पर्नेछः– (क) बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी गर्नको लागि दफा ७९ बमोजिमको अवस्था विद्यमान रहेको कारण सहितको विवरण, र (ख) बैंक वा वित्तीय संस्थाको वित्तीय विवरण । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै व्यक्तिले राष्ट्र बैंकको पूर्व स्वीकृति लिई दफा ७९ बमोजिम बैंक वा वित्तीय संस्था बाध्यात्मक खारेजीमा पर्न सक्ने अवस्था विद्यमान रहेको आधार खुलाई अदालत समक्ष खारेजीको लागि निवेदन दिन सक्नेछः– (क) भुक्तानी योग्य निक्ष...